• बैशाख २७ २०८३, आईतवार

पूर्वराजा शाहलाई नेपालगञ्जमा गरियो अभिनन्दन

बैशाख १५ २०८०, शुक्रबार

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार नेपालगञ्ज पुगेका छन् । पूर्वराजालाई नेपालगञ्ज विमानस्थलमा राप्रपाका महामन्त्री धवलशमशेर राणाले स्वागत गरेका छन् ।

विभिन्न ठाउँको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने क्रममा पूर्वराजा नेपालगञ्ज आइपुगेको राणाले बताए । राणाका अनुसार पूर्वराजालाई वैशाख २० गते नेपालगञ्जमा अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

‘विभिन्न ठाउँको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने क्रममा आज नेपालगञ्जमा राजालाई स्वागत गरियो । वैशाख २० गते नेपालगञ्जको अभिनन्दन कार्यक्रम भव्य रुपमा सफल पारौँ’, राणाले ट्वीटरमा भनेका छन् ।

पूर्वराजा लुम्बिनीसहित कणर्ाली र सुदूरपश्चिम प्रदेशको भ्रमणमा निस्किएका हुन् । सोही क्रममा शुक्रबार नेपालगञ्ज पुगेको उनको संवाद सचिवालयले जनाएको छ ।