• बैशाख २७ २०८३, आईतवार

रविलाई रोजेको मन्त्रालय दिनु पर्दछः मन्त्री किराती

बैशाख १५ २०८०, शुक्रबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन् ।

शुक्रबार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले लामिछानेलाई जनताले लोकप्रिय मत दिएकाले उनलाई रोजेको मन्त्रालय दिन प्रधानमन्त्री तयार हुनुपर्ने बताएका हुन् ।

‘जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएका छन् । यो जनमतको सम्मान गर्न अब रविले रोजेको मन्त्रालय दिनु पर्छ,’ किरातीले भने । त्यसका लागि आफू जुनसुकै त्याग गर्न पनि तयार रहेको मन्त्री किरातीले बताए ।
‘देशको अर्थतन्त्र जर्जर अवस्थामा छ यसको सङ्कट मोचनका लागि अब राष्ट्रिय सहमतिको सरकार गठन गरौं,’ उनले भने ।
मन्त्री किरातीले गणतन्त्र नेपालमा राणकालीन कानुन बोकेर हिंड्नपरेको पनि बताए । एउटा सामान्य व्यवसाय दर्ता गर्न दर्जनौं मन्त्रालय र विभागका सैयौं टेबलमा पुग्नुपर्ने अवस्था रहेको बताउँदै त्यसलाई अन्त्य गरिनुपर्ने बताए ।

विदेशी पर्यटकलाई नेपाल भित्र्याउन झन्झटिलो नियम र पैसामा चाबी लगाएर मरूभूमिमा श्रम गर्न पठाउने मुलुकको नीतिमा नै खोट रहेको उनले बताए ।