• बैशाख २७ २०८३, आईतवार

पृथ्वी राजमार्ग विस्तार गर्दा भानुभक्तको घाँसीकुवा नभत्काउन सांसद वाग्लेको माग

बैशाख १५ २०८०, शुक्रबार

काठमाडौं । रास्वपाका सांसद स्वर्णिम वाग्लेले पृथ्वीराजमार्ग विस्तार आवश्यक भए पनि यसले सर्वसाधारण जनताको दैनिकीमा असुविधा ल्याएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद वाग्लेले पृथ्वी राजमार्ग घुलाम्मे रहेको पनि बताए । ‘जनस्वास्थ्यका दृष्टिले घुलाम्मे सडक र राइट अफ वे स्थापित गर्दा घाँसीकुवालगायत ऐतिहासित तथा पुरात्तात्विक महत्वका संरचनाहरूको उचित व्यवस्थापन गर्नुपर्ने म देख्दछु,’ वाग्लेले भने ।

सांसद वाग्लेले आज मात्र सांसदको शपथ लिएका थिए । ‘मतदाताको स्नेह, विश्वास र भरोसालाई म डगमगाउन दिने छैन,’ उनले भने ।