• बैशाख २७ २०८३, आईतवार

नवनिर्वाचित सांसदद्वय रवि-स्वर्णिमको शपथ हुँदै

बैशाख १५ २०८०, शुक्रबार

काठमाडौं । गत बैशाख १० मा सम्पन्न उपनिर्वाचनबाट नवनिर्वाचित सांसदको आज सपथ हुँदैछ ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार नवनिर्वाचित सासदहरुको आज सपथग्रहण हुन लागेको हो ।

उनका अनुसार चितवन–२ वाट निर्वाचित रवि लामिछाने तथा तनहुँ–१ वाट निर्वाचित स्वर्णिम वाग्लेको शपथ हुनेछ ।

आज बिहान ठिक ११ः३० बजे संघीय संसद् सचिवालयको काठ घर नं २ सिंहदरबार सो सपथ कार्यक्रम राखिएको उनले जानकारी दिए ।