• बैशाख २७ २०८३, आईतवार

राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

बैशाख १४ २०८०, बिहीबार

काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक  बस्दैछ । संघीय संसद भवनमा आज दिउँसो १ बजे बैठक  बस्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।