• बैशाख २७ २०८३, आईतवार

लज्जास्पद हार व्यहोरेपछि कांग्रेसबाट चुनावी कमान्डर बनेका महामन्त्री शर्माले यस्तो भने-

बैशाख १३ २०८०, बुधबार

काठमाडौँ । चितवन २ र मंसिर ४ को चुनावमा कांग्रेसले नै जितेको तनहुँ १ मा उपनिर्वाचनमा भने लज्जास्पद हार व्यहोरेको छ । उपनिर्वाचन भएका तीन वटा क्षेत्रमध्ये कांग्रेसले चितवनमा महामन्त्री विश्वप्रकाश शर्मा र तनहुँमा अर्का महामन्त्री गगन थापालाई चुनावी कमान्डर बनाएर खटाएको थियो ।

प्रतिनिधि सभा उपनिर्वाचनमा लज्जास्पद हार व्यहोरेपछि महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत परिणामले दलहरूलाई रूपान्तरित हुन सन्देश दिएको र अब  आफूलाई बदलेर नयाँ ढंगले जुट्ने बताएका छन् ।

‘परिणामले हामीलाई रूपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरूप आफूलाई बदल्नु छ ।’ महामन्त्री शर्माले ट्विटरमा लेखेका छन्, ‘नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौँ हामी ।’

तर दुवै क्षेत्रमा कांग्रेसले लज्जास्पद हार व्यहोरेको छ । बारामा भने कांग्रेसले जसपाका उपेन्द्र यादवलाई समर्थन गरेको थियो ।को छ । बारामा भने कांग्रेसले जसपाका उपेन्द्र यादवलाई समर्थन गरेको थियो ।