• बैशाख २७ २०८३, आईतवार

महानगरको डोजरले भत्कायो पुरानो बसपार्कको प्रहरी बिट

बैशाख १२ २०८०, मंगलवार

काठमाडौं। काठमाडौं महानगरपालिकाले पुरानो बस पार्कमा रहेको प्रहरी बिट डोजर लगाएर भत्काएको छ।

मंगलबार महानगरपालिकाले काठमाडौंको भ्युटावर नजिक रहेको पुरानो बस पार्कमस्थित सडक पेटीको प्रहरी बिट डोजर लगाएर हटाएको हो। महानगरपालिकाले सडक पेटीमा रहेको प्रहरी बिट हटाउने योजनाअनुसार काम अघि बढाएको हो ।

पुरानो बसपार्क क्षेत्रमा रहेको बिटले सडक र पेटीमा असर गरेकाले समस्या परेको भन्दै प्रहरी बिट हटाएको महानगरपालिकाले जनाएको छ ।