• जेष्ठ १३ २०८३, बुधबार

क्षेत्र ‘ग’ सम्मेलनको सम्पुर्ण तयारी पुरा

बैशाख १२ २०८०, मंगलवार

काठमाडौं । नेपाल जेसीज अन्र्तगत क्षेत्र ‘ग’ सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको छ ।

सम्मेलन गोदावरी जेसीजको आतिथ्यतामा बैशाख १५ र १६ गते ललितपुर स्थित होटल भ्यु भृकुटीमा हुन गइरहेको गोदावरी जेसीज बर्ष २०२३का अध्यक्ष जेसी बिजय पाठकले जानकारी दिए ।

क्षेत्र गत सम्मेलन क्षेत्रगत शाखा अध्यक्षहरु बृहत कार्यशाला हो । उक्त कार्यशालामा विभिन्न बिषयमा गहन छलफल गरी आगामी महाधिवेसनमा पेश गर्ने एजेण्डाहरु तयारी गरिन्छ । साथै सम्मेलनमा अन्तरनिहीत व्यक्तित्व तथा नेतृत्व विकासका निम्ति विभिन्न तालिम तथा प्रतियोगिता सञ्चालन हुने क्षेत्र ‘ग’ सम्मेलनका निर्देशक तथा गोदावरी जेसीजका पुर्व अध्यक्ष जेसी आनन्द अधिकारीले बताए ।

अधिकारीका अनुसार २ दिन सम्म सञ्चालन हुने उक्त सम्मेलनमा नेपाल जेसीज बर्ष २०२३का राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर बिकास मानन्धरको प्रकरण “As One:1 Family, 1Team, 1Goal” भन्ने अभियानलाई सफल बनाउन क्षेत्र ‘ग’ अन्र्तगत स्थानीय शाखाहरु स्थापना गर्न र हाल सम्म शाखालाई स्थाई रुपमा अगाढी बढाउन अहम भुमिका निर्वाह गर्नुहुने संस्थापक अध्यक्षहरुलाई बिषेश सम्मान गरिने कार्यक्रम रहेको क्षेत्र ग अन्र्तगत यस बर्ष ३८ वटा शाखाहरु रहेका छन् ।

सम्मेलनमा सबै शाखाका अध्यक्षहरु तथा सदस्यहरुका बिच बन्धुत्वको भावना प्रगाढ बनाउन महत्वपुर्ण भुमिका खेल्ने क्षेत्र ‘ग’ का लागि निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी कुमार सिंङ सावा लिम्बुले बताए ।

नेपाल जेसीजले हरेक बर्ष विभिन्न मितीमा क्षेत्रगत सम्मेलन गर्देआएको छ । जस अन्र्तगत सन् २०२३ को पहिलो क्षेत्रगत सम्मेलन क्षेत्र ‘ग’ मा हुन गइरहेको हो ।