काठमाडौं। केही समय स्थगित भएको बारा क्षेत्र नम्बर २ को मत गणना पुनः सुरू भएको छ ।
मतगणनास्थलमा रहेका राजनीतिक दलका प्रतिनिधिहरूबीच विवाद सृजना भएपछि करिब एक घण्टा मतगणना स्थगित भएको थियो ।
अहिले मतगणना सुचारू भइसकेको छ ।
बारा– २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव अग्रस्थानमा रहेका छन् । यादवलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहले पछ्याइरहेका छन् ।