• बैशाख २७ २०८३, आईतवार

तनहुँ- १ मा ३० वडा गणना हुँदा स्वर्णिम १० हजार मतान्तरले अघि

बैशाख ११ २०८०, सोमबार

काठमाडौं । प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता बढाएका छन्। पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा वाग्ले १० हजार मतान्तरले अघि छन्।

३० वटा वडाको ४३ हजार ७१ मत गणना भइसकेको छ। जसमा वाग्लेले २२ हजार २ सय ६० मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १२ हजार ९११ मत ल्याएका छन्।

यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ६ हजार ५९३ मत ल्याएका छन्।