घोराही । अन्तर्राष्ट्रिय पुस्तक दिवसको अवसर पारेर दाङका दुईजना पाठकहरुलाई वर्ष उत्कृष्ट पाठक घोषणा गरिएको छ । अध्ययन समूह दाङ र मेधावी कन्सर्न घोराहीले लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरमा कार्यरत प्रहरी निरीक्षक रामबहादुर जिसी र युगवोध दैनिकमा कार्यरत पत्रकार तथा लेखक गोविन्द खड्कालाई उत्कृष्ट पाठक घोषणा गरेका हुन् ।
दुबै पाठकहरुलाई आगामी बैशाख शुक्रबार सर्वोदय पुस्तकालय घोराहीमा कार्यक्रमको आयोजना गरी उहाँहरुलाई सम्मान गर्ने जनाइएको छ ।
पठन संस्कृति अहिलेपनि समाजमा कमजोर रहेको ठहर सहित त्यसको प्रवर्ददन, विकास, विस्तार र प्रोत्साहन गर्दै नयाँ पुस्तालाई ज्ञानको महत्वबोध गराउनका लागि यसको सुरुवात गरिएको र आगामी दिनहरूमा यसलाई व्यापक रुपमा निरन्तरता दिँदै जाने मेधावी कन्सर्न, घोराहीका सञ्चालक तथा बि.एन.पुस्तक संसारका अध्यक्ष सूर्य विसीले बताउनु भएको प्रमोद धितालले जानकारी दिनु भयो ।