• जेष्ठ १३ २०८३, बुधबार

मोटरसाइकल दुर्घटनामा कीर्तिपुर-४ का वडाध्यक्ष अधिकारीको निधन

बैशाख १० २०८०, आईतवार

काठमाडौं । कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ ।

मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका अधिकारीको आइतबार दिउँसो ४७ वर्षको उमेरमा निधन भएको हो ।
१ वैशाखमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको उपमेयर शुभलक्ष्मी शाक्यले जानकारी दिइन् ।

मोटरसाइकल दुर्घटना हुँदा अधिकारीको टाउकोमा गम्भीर चोट लागेको थियो । स्थानीय तहको निर्वाचनमा ४ नम्बर वडाको वडाअध्यक्ष अधिकारी स्वतन्त्र उम्मेदवारी दिएर जितेका थिए । अधिकारीकी श्रीमती, एक छोरा र एक छोरी छन् ।