• बैशाख २७ २०८३, आईतवार

चितवन-२ तनावग्रस्त : सुरक्षाफौजको व्यापक परिचालन, सेनाद्वारा मतदान केन्द्र घेराबन्दी

बैशाख १० २०८०, आईतवार

चितवन । चितवन–२ मा जारी उपनिर्वाचनको भोजाडस्थित नयाँकिरण मावि मतदानस्थल तनावग्रस्त बनेको छ ।
राष्ट्रिय स्तवन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने उक्त मतदानस्थलमा पुगेपछि तनावग्रस्त बनेको हो ।

उनका समर्थकले बिनाकारण मतदानस्थल वरपर होहल्ला गरेपछि मतदान केन्द्र तनावग्रस्त बनेको छ । रविका समर्थकले होहल्ला गरेपछि अन्य पार्टीका समर्थक विरोधमा उत्रिएका थिए ।

त्यसपछि स्थिति तनावग्रस्त बनेपछि रास्वपाका कार्यकर्तालाई प्रहरीले लाठीचार्ज गरेको थियो । प्रहरीको लाठीचार्ज पश्चात् अहिले सामान्य स्थिति रहेको प्रहरीले बतायो ।

तनाव बढ्न नदिन मतदान केन्द्र बाहिर नेपाली सेनाको टोलीले घेराबन्दी गरेको छ ।