• जेष्ठ १३ २०८३, बुधबार

‘फोटो अफ दि ईअर’को उपाधि शाहीको पोल्टामा

बैशाख ८ २०८०, शुक्रबार

नेपालगन्ज । तेस्रो फोटो फेस्टिबलमा ‘फोटो अफ दि ईअर’को उपाधि राजबहादुर शाहीको पोल्टामा परेको छ ।
एग्रीकल्चर बिधामा आएको राजबहादुर शाहीले खिचेको मुगुको छायानाथ रारा नगरपालिका स्थित ताल्च गाउँकी एक महिला रुखमा लटरम्भ फलेको स्याउ टिप्दै गरेको तस्बिरले ‘फोटो अफ दि ईअर’को उपाधी जित्न सफल भएको हो ।

कार्यक्रमको उद्घाटनमा फोटोफेस्टिबलमा नेपाली काँग्रेसका सहमहामन्त्री एवम् बाँके क्षेत्र नम्बर– ३ का संघीय सांसद किशोर सिंह राठौरले वर्ष फोटो घोषणा गरी त्यही तस्बिरको फोटो खिची उद्घाटन गरेका हुन्।

सहमहामन्त्री राठौरले फोटो फेस्टिल नेपालगन्जमा आयोजना गरिनु खुसीको कुराको भएको बताउँदैं साविक मध्य र सुदूरपश्चिम क्षेत्र विकासका दृष्टिले पछि परेकोले यस्ता कार्यक्रमले यस क्षेत्रको विकासमा सहयोग गर्ने बताए ।

सउहमहामन्त्री राठौरले बाँके र बर्दियाको विकासमा आफुले इमानदार भएर काम गर्ने बताउदै यस्ता कार्यक्रमले देश विकासमा टेवा पुग्ने बताए । नेपालगन्ज फोटो फेस्टिबलमा फोटो प्रतियोगिताको आठ बिधामा आएका मध्ये ११५ उत्कृष्ठ फोटाहरु भने नेपालगन्ज ग्यालरीमा प्राप्त बाँकेका ‘एक से एक’ फोटोहरु प्रर्दशनीमा राखिएका छन् ।

फोटो प्रतियोगितामा डेलि लाईफ, कल्चर, टुरिजम, नेचर एण्ड कन्जरभेसन, स्र्पोट्स, नेपाल स्माईल, एग्रीकल्चर र न्युज बिधामा करिब २ हजार फोटोहरुको सहभागिता रहेको थियो । न्युज बिधामा मोतीबिन्दुको अपरेसन गरेर पाँच वर्षपछी पुन आँखा देख्न पाएका रामेछाप भतौलिका ८० वर्षिय रुद्रलाल तामाङ डाक्टर सन्दुक रुइतको नाक छोएको अंगद ढकालले खिचेको फोटो उत्कृष्ठ भयो ।

त्यसैगरी ढकालले नै खिचेको फोटो नेपाल स्माईलमा उत्कृष्ठ हुँदा शाहीले खिचेको मुगुमा जोत्दै गरेको किसानको फोटो कृषि बिधातर्फ उत्कृष्ठ हुन सफल भयो । यसैगरी बबी साईको पोखरामा बराहा भैरव नाचको तस्बिरले कल्चर बिधामा उत्कृष्ठ हुँदा मकवानपुरको हेटौँडामा पाडोलाई झोलुङ्गे पुल तराउदैँ गरेको मनोज पौडेलको तस्बिर डेलि लाईफमा उत्कृष्ठ भयो । नेचर एण्ड कन्र्जरभेसनमा श्रीराम खत्रीको काठमाडौंको टौदहमा पानीबाट माछा मार्दै ग्रेट कर्मोरान्टहरू तस्बिर उत्कृष्ठ भयो भने क्रिकेटमा क्याच लिन प्रयास गर्दैैै गरेको सत्यम जोशीको तस्बिर स्र्पोट्स बिधामा उत्कृष्ठ भयो । टुरिज्म बिधामा भने सिर्जना ओलीको तस्बिर उत्कृष्ठ भयो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा बरिष्ठ फोटोपत्रकार बिकास कार्की, फोटो पत्रकार क्लबका अध्यक्ष श्रुति श्रेष्ठ र बरिष्ठ फोटोग्रफर रमेश मल्ल रहेको निर्णायक समितीले उत्कृष्ठ फोटोहरुको छनोट गरेको थियो । मोफसलमा क्षेत्रीय स्तरमा शुरुवात भएको फोटो फेस्टिवल राष्ट्रिय स्तरमा स्थापित भएकोमा खुशी ब्यक्त गर्दैै नेपालको प्रवद्र्धन गर्ने फोटोहरुलाई मात्र नभएर फोटोग्राफरहरुलाई पनि फोटोसँगै प्रवद्र्धन गर्नुपर्ने र फेस्टिबलले नेपालको फोटोग्राफीको प्रबद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा बरिष्ठ फोटोपत्रकार बिकास कार्कीले बताए ।

८ विधामा फोटो प्रतियोगिता आयोजना गरिएको अन्तरालका प्रमुख कार्यकारी तथा फोटो फेस्टिबलका परिकल्पनाकार जयनारायण शाहले बताए । प्रत्येक बिधाको उत्कृष्ठ फोटोलाई नगद ५ हजार र प्रतियोगिताको सर्वोकृष्ट फोटोलाई नगद २५ हजार ५ सय पचपन्न रुपैया पुरस्कार समापनको दिन प्रदान गरिने पनि शाहले बताए ।

बागेश्वरी असल शासन क्लब, नेपालगन्ज ग्यालरी रक्षकको सहकार्यमा भएको फोटो फेस्टिबल शुक्रबार र शनिबार २ दिनसम्म चल्नेछ ।