बारा । उपनिर्वाचनका लागि आज रातिबाट नेपाल–भारत सीमा ३ दिन बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजेसम्म जिल्लाका नेपाल–भारत सिमाना बन्द रहने जनाएको हो ।
त्यस्तै,आइतबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्म जिल्लाभरि सबै प्रकारका मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाइएको छ ।