काठमाडौँ । नेपाली सेनाले चार हजार पाँच सय जनाका लागि जागिर खुलाएको छ ।
नेपाली सेनाले आज (शुक्रबार) गोरखापत्रमा सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो ।
खुलातर्फ २ हजार ३५१ संख्या छ भने सैन्य परिवारलाई २२५, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेशी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० संख्या छुट्याइएको छ।
यीमध्ये सबैभन्दा धेरै काठमाडौँ, सुर्खेत, कास्की र बुटवलमा मा ३५०–३५० माग गरिएको छ। यस्तैगरी सुनसरीमा ३०० र बाँकेमा २५० जना माग गरिएको छ।
१८ वर्ष पूरा भई २२ वर्ष ननाघेका इच्छुक नेपाली नागरिकले अनलाइन मार्फत फारम भर्न सक्ने छनौट निर्देशनालय, कार्य रथी विभाग जङ्गी अड्डाले जनाएको छ । जेठ ७ गतेसम्म आवेदन दिन सक्ने र दोब्बर दस्तुर तिरेर जेठ १४ गतेसम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ। आठ कक्षा उत्तीर्ण व्यक्तिले पनि आवेदन दिन पाउनेछन्।
हेर्नुहोस् विज्ञापन:
