• जेष्ठ १३ २०८३, बुधबार

बाग्लुङकी नीरा आचार्यको कपनमा चक्कु प्रहार गरी हत्या

बैशाख ७ २०८०, बिहीबार

काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वती नगरमा चक्कु प्रहारबाट महिलाको मृत्यु भएको छ । बाग्लुङको बडिगाड गाउँपालिका घर भई काठमाडौं बस्दै आएकी ३५ वर्षीया निरा आचार्यको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए ।

उनका अनुसार बिहीबार दिउँसो ३ बजेतिर आचार्यको घाँटी तथा शरीरका अन्य भागमा चक्कु प्रहार भएको थियो । ‘चक्कु प्रहारबाट गम्भीर घाइते भएकी उनलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको थियो,’ उनले भने,‘उपचारका क्रममा उनको मृत्यु भएको हो ।’

आचार्यलाई किन र कसले चक्कु प्रहार गरेकोबारे जिल्ला प्रहरी परिसर काठमाडौंबाट अनुसन्धान भइरहेको उनले बताए । मृतक आचार्य भाँडाकुडाको पसल चलाउँदै आएकी थिइन् ।