• जेष्ठ १३ २०८३, बुधबार

भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाचिँदा ६ जना गम्भीर घाइते

बैशाख ७ २०८०, बिहीबार

जाजरकोट । जाजरकोट र रुकुम पश्चिम जोड्ने गरी भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाचिँदा ६ जना गम्भीर घाइते भएका छन् ।

तल्लुबगरमा भेरी नदिमाथि बेलिब्रिज जोड्ने क्रममा पुल भाच्चिँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष रोकाले जानकारी दिए।

उनीहरुलाई उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको जनाइएको छ।

डीएसपी रोकाले प्रहरी घटनास्थलतर्फ गइरहेको जानकारी दिए। मृतक तथा घाइतेहरुको पहिचान खुल्न सकेको छैन।