• जेष्ठ १३ २०८३, बुधबार

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा डाक्टर र क्रिकेटरको बकपत्र गराइदै

बैशाख ६ २०८०, बुधबार

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको जबरजस्ती करणी (बलात्कार)को मुद्दामा आज (बुधबार) घटनासँग सम्बन्धित व्यक्तिहरुको बकपत्र गराइने भएको छ।

पीडित किशोरीको स्वास्थ्य जाँचमा संलग्न भनिएका डाक्टर र अर्का क्रिकेटर साहब आलम र अनिस श्रेष्ठको बकपत्र गराउन लागिएको हो।

यसअघि साहबको बकपत्र गराउन छुटेको थियो। किशोरीको स्वास्थ्य जाँचमा संलग्न नभएका डाक्टरको बकपत्र गराइएको पाइएपछि सम्बन्धित डाक्टरको बकपत्र गराउन भन्दै गत चैत २६ गते शंकरराज बरालको इजलासले आदेश थियो। सोहीअनुसार अहिले जिल्ला अदालत काडमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा बकपत्र गराउने काम भइरहेको छ।