• बैशाख २७ २०८३, आईतवार

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना रुस जाँदै

बैशाख ६ २०८०, बुधबार

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज रुस जाँदैछन् । बिहान १० बजे रुस तिर प्रस्थान गर्ने उनको टोलीमा ८ जना सदस्य रहनेछन् ।

रूसको माथिल्लो सदन संघीय सभा, संघ परिषदका अध्यक्ष भ्यालिन्टिना म्याटभियन्कोको निमन्त्रणामा अध्यक्ष तिमिल्सिना रुस जाने भएका हुन् । उनी रुस जाने भएपछि बैठक भने अनिश्चित कालका लागि स्थगित भएको छ ।