• जेष्ठ २७ २०८३, बुधबार

एकाएक बेहोस भएपछि राष्ट्रपति पौडेललाई अस्पताल भर्ना गरियो

बैशाख ५ २०८०, मंगलवार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल फलोअप परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् ।
मंगलबार साँझ राष्ट्रपति पौडेल बेहोस भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको राष्ट्रपतिको सचिवालयका एक सदस्यले बताए ।

छातीको तल्लो भागमा सङ्क्रमण देखिएपछि राष्ट्रपति पौडेल सोमबार पनि अस्पताल पुगेका थिए । पौडेलको अवस्था अवस्था बुझ्न उपप्रधानमन्त्री पूणर्बहादुर खड्का टिचिङ अस्पताल पुगेका छन् ।

राष्ट्रपति पौडेलको स्वास्थ्यमा बेला बेला समस्या देखिने गरेको छ । १८ चैतमा पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।