• बैशाख २७ २०८३, आईतवार

चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड-देउवा-नेपाल तनहुँ जाँदै

बैशाख ५ २०८०, मंगलवार

तनहुँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल तनहुँ जाने भएका छन् ।

यहीँ महिनाको १० गते हुने उपनिर्वाचनको चुनावी सभालाई सम्बोधन गर्न उनीहरु भोलि (बुधबार) तनहुँ जाने भएका हुन् ।

उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न प्रचण्ड, देउवा र नेपाल भोलि तनहुँ जाँदैछन् ।

उनीहश्रले भोलि दिउँसो २ बजे तनहुँको डुम्रेबजारमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।