नेपालगञ्ज । न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले आइतबार उनलाई पक्राउ गरेर सोमबार अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोषसिंह राठौरले आरती पक्राउ परेको पुष्टि गर्दै ७ दिन म्याद लिएर अनुसन्धान भइरहेको बताए । शैक्षिक प्रमाणपत्र लगायतका सरकारी कागजात किर्ते गरेको अभियोगमा रावललाई यसअघि नै पक्राउ गर्न बाँके जिल्ला अदालतले अनुमति दिएको थियो ।