काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना निजी सवारी चालक घरको छतबाट खसेको विषयलाई राजनीतिकरण नगर्न अनुरोध गरेका छन् ।
सोमबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन्,‘आज बिहान प्रिय शम्भु भाइ (मेरो गाडी चालक) छत बाट खसेर दुर्घटनामा पर्नु भयो । सिएमसीमा उहाँ उपचाररत हुनुहुन्छ । बिहानैदेखि निरन्तर र भर्खरै पनि मैले चिकित्सकसँग परामर्श गरेअनुसार भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारिएको छ, स्थिर छ ।’ यो घटनाको प्रहरीले अनुसन्धान गरिरहेकाले आफूले धेरै नबोल्ने उनले बताएका छन् ।
