• जेष्ठ १० २०८३, आईतवार

सीसीटिभी फुटेजमा रविका चालक उँधोमुन्टे अवस्थामा खसेको देखियो

बैशाख ४ २०८०, सोमबार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी गाडी चालक घरको तेस्रो तल्लाबाट खसेको सीसीटीभी फुटेज बाहिरिएको छ ।

सीसीटीभी फुटेजका आधारमा उँधोमुन्टो (टाउको तल र खुट्टा माथि) भएर खसेका शम्भु भनिने दिलबहादुर थापाले आत्महत्या गरेको नहुन सक्ने प्रहरीले आँकलन गरेको हो ।

त्यस्तै फुटेजमा थापा खसेलगत्तै दुई व्यक्तिहरू घटनास्थलमा देखिएका छन् । उनीहरूमध्ये एकजना सो घरमा राखिएका निजी सेक्युरिटी र अर्का प्रहरी थिए । त्यसलगत्तै तेस्रो व्यक्ति पनि त्यहाँ आउँछन् । सबैले मिलेर घाइते अवस्थामा रहेका थापालाई उठाउँछन् ।

यस्तै घटना भएपछि प्रहरीले छतमाथि पुगेर निरीक्षण गर्दा डा. मुकुल ढकालका ड्राइभर निदाइरहेकै अवस्थामा थिए भने डा. ढकाल भने राति होटलमै सुतेको स्रोतले बतायो ।

प्रहरीका अनुसार घटना बिहान करिब साढे १ बजे भएको हो र थप अनुसन्धान भइरहेको छ ।