• जेष्ठ १० २०८३, आईतवार

रविका गाडी चालकको भेन्टिलेटरमा राखेर उपचार गरिंदै, घटनाको अनुसन्धान गर्दै प्रहरी

बैशाख ४ २०८०, सोमबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरको छतबाट खसेर गम्भीर घाइते भएका उनका निजी चालक दिलबहादुर थापाको भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ ।

चितवनको भरतपुर–११ मा रहेको लामिछानेको घरको छतमा सुतेका थापा सोमबार बिहान चार बजेतिर भुइँमा खसेका थिए । छतबाट खसेर गम्भीर घाइते भएका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय थापालाई उपचारका लागि कलेज अफ मेडिकल साइन्सेसमा भर्ना गरिएको छ ।

चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार गम्भीर घाइते थापाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको एसपी कार्कीले बताए ।

थापाको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । प्रहरीका अनुसार रास्वपा महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै थापा राति छतमा सुतेका थिए ।