• जेष्ठ १० २०८३, आईतवार

आफैले बोकेको राइफलको गोली लागेर दाङमा शसस्त्र प्रहरी हवल्दारको मृत्यु

बैशाख ४ २०८०, सोमबार

काठमाडौं । दाङको तुलसीपुरमा आफैले बोकेको एसएलआरको गोली लागेर सशस्त्र प्रहरीका हवल्दारको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–८ टिकरी घर भएका ३५ वर्षीय वसन्त केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्प मल्लले बताए ।

ड्युटीमा खटिएको बेला आइतबार राति साढे ८ बजे उनले आफैलाई गोली हानेको आशङ्का गरिएको छ । केसीको घाँटीमा गोली लागेको छ । एसएलआर आफै पड्कियो वा आफैमाथि गोली चलाए भन्नेबारे अनुसन्धान भइरहेको डिएसपी मल्लले बताए ।

सहायक हवल्दार केसी पाँच दिनअघि मात्रै कारागार सुरक्षा गुल्म तुलसीपुरमा सरुवा भएर आएका थिए । त्यसअघि उनी ४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत थिए ।