काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललगायत ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले कार्यकारी निर्देशक पौडेललगायत ९ जनालाई विपक्षी बनाई आइतवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
पौडेलसँग ६९ करोड बिगो दावी गरिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा मिलेमतो गरी भ्रष्टाचार गरिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
यस्तै मेकानिकल इन्जिनीयर (सीडीई) नवीनकुमार पोखरेलविरुद्ध ४९ करोड बिगो दाबी गर्दै बिगोबमोजिमको जरिवाना माग गरिएको छ ।
शिक्षा मन्त्रालयबाट सुरक्षण मुद्रण केन्द्रमा गएका पोखरेल अहिले वन तथा वातावरण मन्त्रालयमा कार्यरत छन् ।