• बैशाख २७ २०८३, आईतवार

परराष्ट्र मन्त्री एनपी साउदले लिए सपथ

बैशाख ३ २०८०, आईतवार

काठमाडौं । नवनियुक्त परराष्ट्र मन्त्री एनपी साउद शपथ लिएका छन् । आइतबार अपराह्न शितलनिवासमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन् ।

साउद कांग्रेसका केन्द्रीय सदस्य हुन् । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री, नेताहरू रमेश रिजाल उद्योगमन्त्री र सीता गुरूङ सहरी विकास मन्त्री बनेका थिए ।

सत्ता गठबन्धनको भागबन्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो । यसअघि कांग्रेसबाट प्रकाशशरण महत अर्थमन्त्री, सीता गुरूङ सहरी विकास मन्त्री, रमेश रिजाल उद्योगमन्त्री र पूर्णबहादुर खड्का रक्षामन्त्री बनिसकेका छन् ।