काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाने तय भएको छ। प्रधानमन्त्री प्रचण्डले वैशाख अन्तिम साता भारतको भ्रमण गर्ने तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।
गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो औपचारिक भ्रमण हुन लागेको हो। प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्ड स्वयम्ले आफनो पहिलो विदेश भ्रमण भारत हुने सार्वजनिक अभिव्यक्ति दिएका थिए।