भक्तपुर । मध्यपुर ठिमी नगरपालिका ५ राधेराधे यातायात कार्यालयभित्र रहेको हेल्प डेक्समा आगजनी गरेको अभियोगमा सिन्धुपालचोक मेलम्ची नगरपालिका १ घर भई हाल भक्तपुर राधेराधे बस्ने ४१ वर्षीय राज कुमार चौलागाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
चौलागाईले मादक पदार्थ सेवन गरी उक्त हेल्प डेक्समा आगजनी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
आगलागीबाट हेल्प डेक्स जलेर करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।