• जेष्ठ १० २०८३, आईतवार

आजको मौसम : तीन प्रदेशमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

बैशाख ३ २०८०, आईतवार

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली रहेको जनाएको छ।

महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। साथै देशका तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

आइतबार राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।