• जेष्ठ १० २०८३, आईतवार

नेपाल जेसीज क्षेत्र ‘ग’ का शाखा अध्यक्षहरुको भेला सम्पन्न

बैशाख २ २०८०, शनिबार

काठमाडौं । नेपाल जेसीस अन्र्तगत क्षेत्र ‘ग’ का शाखा अध्यक्षहरुको एक दिने भेला ‘प्रेसिडेन्ट मिट २०२३’ सम्पन्न भएको छ । भेला नेपाल जेसीजको आयोजना तथा पांचखाल जेसीजको अतिथ्यतामा धुलिखेलको मीराबेल रिसोर्टमा शनिबार भएको हो ।

कार्यक्रमको समुद्धघाटन सत्रमा प्रमुख अतिथिका रुपमा पांचखाल नगरपालिकाका प्रमुख महेश खरेल, बिशिष्ट अतिथिद्वय नेपाल जेसीज २०२३का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर बिकास मानन्धर, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम आतिथ्य शाखा पांचखाल जेसीज २०२३ का अध्यक्ष राजाराम पौडेलको सभापतित्वमा भएको हो।

कार्यक्रममा क्षेत्र ‘ग’ का ३८ जना शाखा अध्यक्षहरुको उपस्थिथि रहेको थियो । जेसीजको विधि विधान अनुसार संसदिय प्रणाली अनुरुप कसरी बैठक सञ्चालन गर्ने सम्बन्धमा कार्यशाला गरिएको थियो । उक्त कार्यशालालाई नेपाल जेसीस २०२३का क्षेत्र ग का लागि निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी कुमार सिह लिम्बु, निरुपित राष्ट्रिय उपाध्यक्षहरु जेसी सरोज अधिकारी, जेसी राजाराम गौतम, जेसी बिरु बेघाले सञ्चालन गरेका थिए ।

नेपाल जेसीजले हरेक बर्ष आयोजना गर्ने कार्यक्रम अन्र्तगत शाखा अध्यक्षहरुको भेला एकै मितिमा क्षेत्र क, ख, ग र घ मा आयोजना गरिन्छ । जस अनुसार क्षेत्र क मा इटहरी महिला जेसीज, क्षेत्र ख मा देबघाटधाम जेसीज, क्षेत्र घ मा रामग्राम जेसीजको आतिथ्यतामा सम्पन्न भएको छ ।

नेपाल जेसीसका चार वटै क्षेत्र अन्तर्गत देशभर १७८ वटा शाखा रहेका छन् । १८ बर्ष देखि ४० बर्ष उमेर समुह भित्रका युवाहरुको क्षमता, व्यक्तित्व बिकास गरी समाज र देशका लागि नेतृत्वदायी भुमिका निर्वाह गर्न सकोस् भन्ने उद्देश्य लिएर नेपाल जेसीजले विभिन्न कार्यक्रम तथा तालिमहरु सञ्चालन गर्दे आएको छ ।