वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुइत ‘शिलापत्र वर्षव्यक्ति २०७९’ चयन भएका छन् । विधाविज्ञको रायमा मनोनयन र पाठकहरूको मतका डा.रुइत ‘वर्षव्यक्ति’ चुनिएका हुन् ।
उनले देश, विदेशसम्म पुगेर दृष्टिविहीनलाई ज्योति दिइरहेका मात्र छैनन्, अन्तरराष्ट्रिय मञ्चमा नेपालको इज्जत पनि बढाएका छन् । आफ्नो पुनित कामका लागि उनले वर्ष २०७९ मा प्रतिष्ठित अन्तरराष्ट्रिय सम्मानहरू पनि पाए । वर्षव्यक्तिको मनोनयनमा परेका ६ जना चर्चित व्यक्तिमध्ये डा.रुइतलाई वर्षव्यक्ति २०७९ बनाउन कुल मतको ५६.६ प्रतिशत मत परेको छ ।
सर्वेक्षणमा १० हजार ४ सय ३४ उत्तरदाता सहभागी भएका थिए । यसैगरी, वर्षव्यक्तिको मनोनयनमा रहेका बाँकी ५ जना यस वर्षका प्रमुख समाचार निर्माता चुनिएका छन्, जसमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल र अभिनेत्री सुरक्षा पन्त छन् ।