• बैशाख २७ २०८३, आईतवार

काठमाडौंबासीको हितमा काम नगर्ने भए सिंहदरबार अन्तै सार्नुस् : मेयर बालेन शाह

चैत्र ३० २०७९, बिहीबार

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले काठमाडौँको हितमा काम नगर्ने भए सिंहदरबार अरू पालिकामा सार्न भनेका छन् ।

बिहीबार मध्यान्ह सामाजिक सञ्जालमार्फत् उनले सिंहदरबार र राजधानी काठमाडौँबाट अन्यत्र सार्दा कुनै आपत्ति नहुने बताएका छन् । ‘कि काठमाडौँको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस् । हामी काठमाडौँबासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्,’ उनले लेखेका छन् ।

आफूहरूलाई राजनीति नभई सम्पदा, संस्कृति, कला र सभ्यता चाहिने उनले बताए । ‘हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ, राजनीति हैन,’ मेयर शाहले भनेका छन् ।

सरकारले काठमाडौँ महानगरका माग सम्बोधन नगरेको भन्दै मेयर शाहले सिंहदरबारको फोहोर उठाउन रोक लगाएका छन् । कयौंले उनको यो कदमलाई केन्द्र सरकारविरुद्धको एकखाले नाकाबन्दी भनेका छन् ।