• जेष्ठ १० २०८३, आईतवार

लागु औषधको आरोपमा जेल परेकी आमालाई भेट्न गएकी छोरी ब्राउन सु्गरसहित पक्राउ

चैत्र ३० २०७९, बिहीबार

काठमाडौं । लागु औषध ब्राउन सुगरसहित एक युवती झापाबाट पक्राउ परेकी छिन्। जिल्ला प्रहरी कार्यालय झापाको टोलीले मेचिनगर नगरपालिका–१३ की २० वर्षीया अनुजा राजवंशीलाई पक्राउ गरेको हो।

मेचीनगरको धाइजन चोकस्थित प्रहरी चौकी चारआलीबाट जाँचका लागि खटिएको टोलीले अनुजालाई ९ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको झापाका एसपी तथा प्रहरी प्रमुख दुर्गाराज रेग्मीले बताए। पक्राउ परेकी अनुजालाई इलाका प्रहरी कार्यालय धुलाबारी राखेर अनुसन्धान अघि बढाइएको छ।

पक्राउ परेकी अनुजाकी आमा भारती राजवंशी लागु औषधसहित पक्राउ परेर विगत ५ महिनादेखि झापा कारागारमा कैद भुक्तान गरिरहेकी छिन्। उनै आमालाई भेट्न भनेर अनुजा कारागार जाँदै थिइन्। सोही क्रममा जाँच गर्दा उनको साथबाट लागु औषध भेटिएको हो।

उनले जेलमा रहेकी आमाका लागि लागु औषध लैजान लागेको हुनसक्ने प्रहरीले बताएको छ।