• जेष्ठ १० २०८३, आईतवार

मेयरका उम्मेदवारले पालिकामा तालाउन खोजेपछि रौतहटमा झडप, ६ प्रहरी घाइते

चैत्र २९ २०७९, बुधबार

काठमाडौं । रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपका क्रममा ६ जना प्रहरी र एक जना प्रदर्शनकारी घाइते भएका छन् ।

झडपमा परेर गरुडा–५ का गजेन्द्र साह घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । मेयरका उम्मेदवार दिपक यादवले गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजेपछि विवाद भएको र झडप भएको प्रहरीले जनाएको छ ।

झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका साथै हवाइ फायर गरेको थियो ।