• जेष्ठ १० २०८३, आईतवार

झापबाट बलात्कार आरोपित एकजना पक्राउ

चैत्र २८ २०७९, मंगलवार

काठमाडौँ। बलात्कार आरोपमा प्रहरीले झापाबाट एक जनालाई पक्राउ गरेको छ । सोमबार राति उदयपुरको बोक्से घर भएका मेची नगरपालिका–११ धुलाबारी बस्ने ४१ वर्षीय चोलाराज भुजेललाई पक्राउ गरिएको जिप्रका झापाले जनाएको हो ।

भुजेलले २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोप छ ।

कनकाई नगरपालिका–४ कोटीहोम घाट छेउमा रहेको छाप्रोमा लगेर उनले बलात्कार गरेको पीडितको आरोप छ ।

इलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धान गरिरहेको छ ।