पाल्पा । १० वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तानसेन नगरपालिका–११ गाबुडाँडाका ३७ वर्षीय लिलाबहादुर बस्याल छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बस्यालले ती बालिकालाई चैत २२ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।