• बैशाख २७ २०८३, आईतवार

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

चैत्र २७ २०७९, सोमबार

काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ । बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा जारी छ ।

दलका प्रमुख सचेतकसहितका शीर्ष नेताहरुको बैठकमा उपस्थिति छ । प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्नुका साथै विषयगत समिति गठन, मस्यौँदा समिति गठन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

आज दिउँसो प्रतिनिधि सभाको बैठक बस्ने भएकाले त्यसअघि परामर्श समितिको बैठक बसेको हो ।