काठमाडौँ । नक्कली विज्ञापन राखी अनलाइनमार्फत् ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्ला सिमकोट ४ का २४ वर्षीय उपेन्द्र शाही रहेका छन् ।
उनलाई भक्तपुरको बालकोटबाट आइतवार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । शाहीले हाम्रोबजार डकमट नामको वेभसाइटमा नक्कली विज्ञापन राखी ठगी गरेको प्रहरीले बताएको छ ।
ठगी सम्बन्धी कसूरमा पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि प्रहरी परिसर टेकु पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।