• जेष्ठ १० २०८३, आईतवार

एभरेष्ट एयरको हेलिकोप्टर धौलागिरी आधार शिविरमा दुर्घटना

चैत्र २६ २०७९, आईतवार

काठमाडौं । एभरेष्ट एयरको हेलिकोप्टर धौलागिरीमा दुर्घटना भएको छ। आइतबार बिहान सम्पर्कबिहीन भएको एभरेष्ट एयरको हेलिकोप्टर धौलागिरी बेसक्याम्प नजिकै दुर्घटना भएको हो।

धौलागिरी बेसक्याम्पबाट इटालियन बेसक्याम्पमा सामान लिएर जानेक्रममा एभरेष्ट एयरको हेलिकोप्टर आज बिहान ११ बजे पल्टिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौंलाले जानकारी दिए।

उनका अनुसार चालक सकुशल छन्।