• बैशाख २७ २०८३, आईतवार

प्रचण्ड र लेखराज भट्टबीच भेटवार्ता

चैत्र २६ २०७९, आईतवार

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले सचिव लेखराज भट्टलाई भेट्न उनको निवास पुगेका छन् ।

कञ्चनपुरको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा धनगढी विमानस्थलमा ओर्लिएका प्रचण्ड भट्ट निवास पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड विमानस्थलबाट सीधै कैलालीको गोदाबरी नगरपालिका -१ अत्तरियास्थित भट्टको निवासमा पुगेका हुन् । उनीहरुबीच भेटवार्ता जारी छ ।

पूर्वमाओवादी नेता भट्ट नेकपा भंग भएपछि एमालेतिर लागेका थिए ।