• बैशाख २७ २०८३, आईतवार

राष्ट्रिय बिज्ञापन संघकाे अध्यक्षमा धर्मेन्द्रकाजी श्रेष्ठ

चैत्र २६ २०७९, आईतवार

काठमाडौं । राष्ट्रिय बिज्ञापन संघ ‘नान’को प्रारम्भिक साधारणसभा तथा अधिवेशनले धर्मेन्द्रकाजी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

साधारणसभाले प्रथम उपाध्यक्षमा प्रदीप कोइराला, द्वितीय उपाध्यक्षमा अमृतकुमार पन्थी, महासचिवमा आशिष खड्का, सचिवमा विमल खड्का, कोषाध्यक्षमा अरुण अर्याल, सहकोषाध्यक्षमा रोजी पराजुलीलाई निर्विरोध निर्वाचित गरेको छ ।

यसैगरी संघको सदस्यहरुमा बसन्त योगी, रवी अर्याल, इन्द्रमणि न्यौपाने, राम बज्राचार्य, गुञ्जमणि भट्टराई, चन्द्रकान्त अवस्थी, निर्मल अधिकारी, नवराज निरौला, सुनिल आहुजी र सविन पोख्रेल छन् ।

निर्वाचित भए लगत्तै बसेको कार्य समितिको पहिलो बैठकले विज्ञापन क्षेत्रलाई समय सापेक्ष बनाउन विधान संशोधन गर्ने लगायतका तीनबु“दे निर्णयहरु पारित गरेको छ ।