• जेष्ठ १० २०८३, आईतवार

उपलब्धिमूलक र प्रभावकारी बन्दै भूतपूर्व सैनिक सम्मेलन

चैत्र २५ २०७९, शनिबार

काठमाडौं । ‘भूतपूर्व सैनिक सम्मेलनको अभिलाषा–सेनाप्रतिको समर्पण र भरोषा’ भन्ने मूल नाराका साथ यस वर्ष तीन पृतना मातहत छ स्थानमा आयोजना गरिएको भूपूसैनिक सम्मेलनको मैजारो भएको छ ।

गत फागुन १५ गते रुपन्देहीबाट थालिएको सम्मेलन दाङ, पोखरा, खैरेनीटार, बर्दिवास हुँदै चैत २१ गते रामेछापको मन्थलीमा सकिएको हो ।

मध्यपश्चिम, पश्चिम र मध्यपूर्र्वी पृतना मातहतका ३५ जिल्लाका भूतपूर्व सैनिकलाई लक्षित सम्मेलन भेटघाट, सेवाप्रवाह र सुझाव सङ्कलनका हिसाबले उपलब्धिमूलक रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।

जीवनको महत्वपूर्ण क्षण सैनिक सङ्गठनमा बिताएका भूपूसैनिकको आर्थिक तथा सामाजिक जीवन सुखद बनाएर समाजमा मर्यादित, अनुशासित र सशक्त बनाउन सेनाले स्वास्थ्य, शिक्षा, सीप, स्वरोजगार, सेवा एवं सहुलीयतसहित स्वावलम्बनका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।