• बैशाख २७ २०८३, आईतवार

निवर्तमान खानेपानी मन्त्रीको अश्लील भिडियोसहितको समाचार बाहिरिएपछि कारबाहीको माग

चैत्र २५ २०७९, शनिबार

काठमाडौँ । निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री एंव जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलाई सांसद पदबाट हटाउन माग गर्दै सभामुख देवराज घिमिरेलाई राष्ट्रिय एकता अभियानले ज्ञापन पत्र बुझाएको छ ।

समानुपातिक सांसद खानको अश्लील भिडियोसहितको समाचार बाहिर आएपछि अभियानले सभामुख घिमिरेलाई ज्ञापन पत्र बुझाएर कारबाहीको माग गरेको हो । नेता खानको यस हर्कतले नेपालको संसदीय व्यवस्था, सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवम् समग्र राजनीतिक प्रणालीको शिर निहुरिएको उल्लेख गर्दै अभियानले कारबाहीको माग गरेको छ ।