काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन्।
सभामुख घिमिरले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरूसँग छलफल गर्न लागेका हुन्।
शनिबार दिउँसो ४ बजे सिंहदरबारमा हुने भेटमा सरकारले संसद्मा दर्ता गराएको संवैधानिक परिषद् र संक्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे छलफल हुने बताइएको छ।
साथै, संसदीय समिति गठनबारे पनि छलफल हुने बताइएको छ। निर्वाचनपछि नयाँ संसद् सञ्चालन भएपनि संसदीय समितिहरू भने गठन गरिएको छैन।