• जेष्ठ १० २०८३, आईतवार

नयाँ बानेश्वरमा अर्का व्यक्तिले गरे आत्मदाहको प्रयास, को हुन् उनी ?

चैत्र २४ २०७९, शुक्रबार

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित ट्रलीबस स्टेसन नजिक एक पुरुषले आत्मदाह प्रयास गरेका छन् । उनले शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले तत्कालै ती व्यक्तिको सुरक्षित उद्धार गरेको थियो । प्रहरीका अनुसार उद्धार गरिएका व्यक्ति ५० वर्षीय प्रेम लामा हुन् । उनलाई बानेश्वर वृत्तमा लगिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार उद्धार गरिएका व्यक्तिलाई वृत्तमा राखेर परिवार बोलाई जिम्मा लगाउने काम भइरहेको छ ।