रौतहट । रौतहटको गौरमा एक ब्युटीपार्लरको नाममा यौनधन्दा हुने गरेको खुलासा भएको छ । विशेष सूचनाका आधारमा प्रहरीले छापामारी दुई महिलासहित ३ जनालाई पक्राउ गरेको छ ।
गौर नगरपालिका–१ गुदरी बजार जाने बाटोमा सञ्चालनमा रहेको साहिबा ब्युटिपार्लरमा शुक्रवार दिउँसो प्रहरिले छापा मारेको हो । छापा मारेर यौनधन्दामा संलग्न यौनकर्मी महिला, ग्राहक र ब्यूटीपार्लर सञ्चालिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले समाजमा नराम्रो असर पर्ने गतिविधि गर्ने तीनैजना माथि मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढाइएको बताए ।