• बैशाख २७ २०८३, आईतवार

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

चैत्र २४ २०७९, शुक्रबार

काठमाण्डौ ।  नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । गत महिना फागुन ३ गते राति आफ्नै निवास काठमाण्डौको बुद्धनगरमा ग्यास लिक हुँदा भएको आगलागीमा परि गम्भीर घाइते भएका भण्डारीको भारतमा उपचार भैरहेको छ ।

मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा राम्रो सुधार आएको उनी निकट कांग्रेसका नेता माधव
न्यौपानेले जानकारी दिए।

भण्डारीको अनुहारको छाला राम्रो भइरहेको, बायाँ हातको पट्टी खोलिएको , ग्राफ्टिङ छालाले राम्रो काम गरिरहेको नेता न्यौपानेले बताएका छन् । भण्डारीलाई दिनमा तीन–चार पटक हल्का हिँडाउने पनि गरिएको छ ।